नेपाल बीमक संघको २४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभा काठमाडौंको होटल र्याडिसन, लाजिम्पाटमा सम्पन्न भएको हो ।
सभामा संघका अध्यक्ष विरेन्द्र बैदवार क्षेत्री लगायत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, नियामक निकायका पदाधिकारी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । साधारण सभामा संघका अध्यक्ष विरेन्द्र बैदवार क्षेत्रीले स्वागत मन्तव्यसहित आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रस्तुत प्रतिवेदनमा संघका गतिविधि, बीमा क्षेत्रको वर्तमान अवस्था, चुनौतिहरु तथा भावी कार्ययोजनाका बारेमा चर्चा गरिएको थियो ।
सभाले आर्थिक वर्ष २०८१–८२ को लेखापरिक्षण प्रतिवेदन, आय–व्यय विवरण, आगामी कार्ययोजना तथा कार्यक्रमहरु सर्वसम्मत रुपमा पारित गरेको छ । साथै, बीमा क्षेत्रको सुदृढीकरण तथा बीमा पहुंच विस्तारका विषयमा निर्णयहरु समेत गरेको छ । कार्यक्रमको अन्त्यमा अध्यक्ष विरेन्द्र बैदवार क्षेत्रीले सभामा उपस्थित सम्पूर्ण सदस्य, अतिथि तथा सहयोगी निकायहरुलाई धन्यवाद ज्ञापन गर्दै संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको घोषणा गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस