Like us!
Follow us!
Connect us!
Watch us!

अब पार्टी विभाजनतर्फ गयो, आवश्यक निर्णय केन्द्रीय समितिले गर्छ - पूर्णबहादुर खड्का

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १२ : ४७ मा प्रकाशित

अब पार्टी विभाजनतर्फ गयो, आवश्यक निर्णय केन्द्रीय समितिले गर्छ - पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनतर्फ उन्मुख भएको बताएका छन्। केन्द्रीय कार्य समिति बैठकका लागि सानेपा पुगेका खड्काले आफ्नो कार्यकक्षमा उपस्थित नेता–कार्यकर्तालाई हालैको वार्ताबारे जानकारी दिँदै पार्टी फुट्ने अवस्थामा पुगेको बताएका हुन्।

उनका अनुसार सभापति अधिकतम रूपमा लचिलो हुँदा पनि महामन्त्रीहरूले सहमति जनाएनन् र उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भइसकेकाले अब पार्टी विभाजनको दिशातर्फ अघि बढेको अवस्था आएको छ। उनले अब बैठक हिजोझैं स्थगित नहुने स्पष्ट पार्दै आवश्यक थप कदम केन्द्रीय कार्य समितिले चाल्ने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको