Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको १८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

अर्थ संसार

विहीबार, ०१ माघ २०८२, ०७ : ४० मा प्रकाशित

सूर्यज्योति लाइफको १८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईका अध्यक्षतामा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत,उप–प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, सेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ । साथै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८१÷८२ मा भएका खर्चहरूलाई अनुमोदन गरेको छ।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू र नवीनतम सेवा लगाएत डिजिटल रूपान्तरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय सेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ, अभिकर्ताहरुको मेहनत र कर्मचारीहरूको लगन भएको बताए ।

साधारणसभाका दौरान, सेयरधनीहरूले कम्पनी प्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए । सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएका छन । कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ परिस्कृत र परिमार्जित गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएको छ । नेपालकै पहिलो ९००१ २०१५ आई, एस.ओ. प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पूजी ५०१ करोड, जीवन बीमाकोष ४,३८३ करोड, लगानी ४,८४५ करोड, नेटवर्थ ६७४ करोड, १ लाख ६ हजार अभिकर्ता संख्या, ३५ लाख ८७ हजार बीमालेख संख्या र देशै भरि रहेका १७६ शाखा संजाल मार्फत आफ्ना बिमितहरुलाई कम्पनीले सेवा प्रदान गरिरहेको छ।
साथै कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगहरु बिरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको