Like us!
Follow us!
Connect us!
Watch us!

विशेष महाधिवेशनबाट नेपाली कांग्रेसका महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेल चयन

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १८ : १२ मा प्रकाशित

विशेष महाधिवेशनबाट नेपाली कांग्रेसका महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेल चयन

नेपाली कांग्रेसले आयोजना गरेको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल पार्टीको महामन्त्रीमा चयन भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनले दुबै जनालाई कांग्रेसको संगठन सञ्चालन गर्ने मुख्य जिम्मेवारीमा पठाएको हो।

पार्टीका नेता विश्वप्रकाश शर्माका अनुसार विशेष महाधिवेशनले युवा नेतृत्वलाई अघि बढाउने निर्णयस्वरूप घिमिरे र पौडेललाई महामन्त्रीको जिम्मेवारी दिएको हो। उनका अनुसार बाँकी पदाधिकारीको टुंगो लगाउने विषयमा गगन थापा र विभिन्न पदाधिकारीका आकांक्षीबीच छलफल जारी छ।

निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम राखेको थियो। महामन्त्री पदका लागि घिमिरे र पौडेल बाहेक अरु कसैले उम्मेदवारी नदिएपछि दुवै जना स्वतः चयन भएका हुन्। पार्टी विधानअनुसार कांग्रेसमा दुई जना महामन्त्री रहने व्यवस्था छ।

यसअघि १४औँ महाधिवेशनमा प्रदीप पौडेल सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीको उम्मेदवार बनेका थिए। तर सो महाधिवेशनमा उनी गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए। यसपटक विशेष महाधिवेशनमार्फत उनले महामन्त्रीको जिम्मेवारी हात पारेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको