Like us!
Follow us!
Connect us!
Watch us!

इजलासमै दुर्व्यवहार र धम्की दिएको आरोपमा अधिवक्ताविरुद्ध कानुन व्यवसायी परिषद्मा उजुरी, छानबिन र कारबाहीको माग

अर्थ संसार

सोमबार, १४ पुस २०८२, १७ : ११ मा प्रकाशित

इजलासमै दुर्व्यवहार र धम्की दिएको आरोपमा अधिवक्ताविरुद्ध कानुन व्यवसायी परिषद्मा उजुरी, छानबिन र कारबाहीको माग

इजलासमै दुव्र्यवहार र धम्की दिएको आरोपमा एक अधिवक्ताविरुद्ध नेपाल कानुन व्यवसायी परिषद्मा उजुरी दर्ता भएको छ। धादिङ जिल्ला अदालतमा विचाराधीन जालसाजी मुद्दाको सुनुवाइका क्रममा इजलासभित्र तथा बाहिर धम्की, गालीगलौज र अपमानजनक व्यवहार भएको भन्दै अधिवक्ता तोला कुमारी पाठकले विपक्षी कानुन व्यवसायीविरुद्ध छानबिन र कारबाहीको माग गरेकी छन्।

निवेदनअनुसार, मुद्दा पेश गर्दा विपक्षी अधिवक्ताले पेशागत मर्यादा उल्लङ्घन गर्दै अपशब्द प्रयोग, धम्की र होच्याउने व्यवहार गरेको आरोप लगाइएको छ। यसक्रममा व्यक्तिगत र पारिवारिक स्वार्थसमेत जोडिएको विषयमा दबाब दिइएको र लैङ्गिक आधारमा अपमानजनक टिप्पणी, पेशाबाट हटाउने धम्की र त्रास देखाउने व्यवहार भएको उल्लेख गरिएको छ।

गत पुस ८ गतेको प्रमाण बुझ्ने क्रममा पनि इजलासभित्र र बाहिर पुनः दुव्र्यवहार भएको जनाइएको छ। घटनाका प्रत्यक्षदर्शी कानुन व्यवसायी, अदालतका कर्मचारी र सम्बन्धित व्यक्तिहरूको बयान सङ्कलन गरी निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाहीको माग गरिएको छ। अधिवक्ता पाठकले पेशागत मर्यादा गम्भीर रूपमा क्षतविक्षत भएको भन्दै नेपाल कानुन व्यवसायी परिषद्ले आवश्यक छानबिन र कारबाही गर्नुपर्ने बताएकी छन्। निवेदनसँगै घटनाको सीसी क्यामेराको फुटेज पनि प्रमाणका रूपमा पेश गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको