बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार आज सुन तोलाको २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँ थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै आज चाँदी पनि १७० रुपैयाँले घटेको छ । । बजारमा चाँदी प्रतितोला ५ हजार ४८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलाको ५ हजार ६५५ रुपैयाँ थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस