Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलन : अहिलेको संसदभन्दा बाहिर जाँदा बजेट नै नयाँ ल्याउनु पर्छ ?

महेन्द्र शाही

शुक्रबार, २७ भदौ २०८२, १३ : ४५ मा प्रकाशित

जेनजी आन्दोलन : अहिलेको संसदभन्दा बाहिर जाँदा बजेट नै नयाँ ल्याउनु पर्छ ?

जेनजीले गरेको आन्दोलनमा कति क्षति भयो भन्ने एकीन तथ्यांक आइसकेको छैन । अहिले सरकार विहिनको अवस्थामा रहेको छ । सेनाले देशको शान्तिसुरक्षाको जिम्मेवारी लिएको छ । जसे गर्दा निर्वाध रुपमा बाहिर हिडडुल गर्न समेत समस्या भइरहेको छ । 

निश्चित समय कफ्र्य खुलेर आवश्य सामग्री खरिदका लागि मात्रै माम सर्वसाधारण बाहिर निस्कन पाइरहेको अवस्था छ । व्यापार व्यवसाय ठप्प रहेको छ । सरकार बन्ने एकीन भइसकेको छैन । संक्रमण लम्बिदै गएको छ । सरकार गठनका विषयमा विभिन्न किसिमका धारणाहरु आइरहेका छन् । अहिलेको संसद विगठन गरेर नयाँ अन्तरिम सरकार बनाउनु पर्छ भन्ने जेनजी समूहको माग छ भने पुराना राजनीति दलहरुले अहिलेकै संविधान बाटै समस्या समाधान गर्न आग्रह गरिरहेका छन् । 

यदि अहिलेको कायम रहेको संसद विगठन गरेर अन्तरिम सरकार निर्माण गरियो भने अहिलको बजेट कसरी कायान्वयन होला भन्ने आम चासोको विषय हरको छ । अहिलेको संसद मान्दैनौ तर त्यही संसदले ल्याएको बजेट कायान्वयन गर्छौँ भन्नका लागि पनि समस्या हुने अवस्था देखिन्छ । अहिलेको संसदमा नै टेकेर सरकार बनाएको खण्डमा यो बजेट कार्यान्वय गर्न सकिने तर त्यसो भएन भने बजेट कार्यान्वयन गर्नमा समस्या हुने अर्थविद् तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीको भनाइ छ । 

अहिलेको अवस्थामा संसद विगठन गरेको खण्डमा नयाँ बजेट ल्याउनु पर्ने र त्यसका लागि आवश्यक स्रोतको अभाव हुन सक्ने पनि उनको भनाइ छ । ‘ससद मान्दिन भन्दा बजेट चलाउन पाइदैन । नयाँ बजेट ल्याउनु पर्ने हुन्छ,’ उनले भने । पुरै नयाँ तरिकाले जाने हो भने अझ ठूलो समस्या हुने उनको भनाइ छ । अहिलेको संविधान र संसदबाट नै समस्या समाधान गरेर नयाँले नेतृत्व गरेर देशलाई निकास दिनु पर्ने उनी बताउँछन् । एकातिर बजेटको समस्या अर्को तिर परिवर्तन भयो भनेर विदेशबाट आउनेहरुले यहाँ रोजगारी नपाउने अवस्था हुँदा थप समस्या आउने तर्फ सजग हुनु पर्ने उनको भनाइ छ । 

चालु आर्थिक वर्षको बजेटका विषयमा पनि राजनीतिक निर्णयमा भर पर्ने अर्को अर्थविद् डा. चन्द्रमणी अधिकारीको भनाइ छ । फरक बाटोबाट हिड्ने कि उही बाटो बाट हिड्ने भन्ने कुरा महत्वपूर्ण रहेको उनले बताए । उही बाटोलाई राम्रोसँग सुधार गरेर अघि बढीयो भने केही मात्रामा सहज हुने अधिकारीको भनाइ छ । नयाँ ढंगले अघि बढ्न खोजियो भने त्यहाँ भ्याकुम ठूलो हुने र थप समस्या हुने उनको भनाइ छ । ‘अहिले देखिएको समस्या समाधान गर्दै अहिलेको बाटोबाट अघि बढीयो भने केही सहज देखिन्छ होइन भने नयाँ बाटो खोजियो भने त्यसमा थप भ्याकुम बढ्छ । बजेट कार्यान्वयनमा पनि समस्या आउँछ,’ उनले भने । 

अहिलेको बजेट कार्यान्वय गर्नका लागि अहिलेको प्रक्रिया बाटै जानु पर्ने उनको भनाइ छ । होइन भने नयाँ ढंगले जाँदा थप समस्या आउने उनको भनाइ छ । हिजोको नेतृत्वले गरेको भ्रष्टाचार लगायत कामले गर्दा आन्दोलन भएकाले उनीहरुले गरेका गलत कुरालाई सुधार गरेर अघि जानु पर्छ । यसमा जेनजी मात्रै भन्दा पनि सबैको सहमत छ । अहिलेको अवस्थाबाटै समाधान खोजियो भने केही सहज हुन्छ । होइन भने थप समस्यामा हामी जकडिन्छौँ,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको