अधिवक्ता कमल भारतीले पछिल्ला आन्दोलन र राजनीतिक परिस्थितिप्रति कठोर टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले परिवर्तनको नाममा भइरहेको गतिविधि केवल समयको बर्बादी भएको जिकिर गरेका छन्।
उनका अनुसार, जनजी पुस्ताले परिवर्तनको आशा बोकेर सुरु गरेको आन्दोलन अनुभवहीनताको कारण सही एजेन्डा अघि सार्न असफल भएको छ। “७० वर्ष नाघेकी सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन खोज्ने वा संसदीय पद्धतिभित्रै परिवर्तन खोज्ने कामबाट वास्तविक नतिजा आउँदैन,” भारतीले भनेका छन्।
अधिवक्ता भारतीले नेताको घर तोडफोड गर्ने वा सार्वजनिक सम्पत्तिमा आक्रमण गर्ने बाहेक कुनै ठोस उपलब्धि नदेखिएको दाबी गरे। उनका अनुसार, यसरी आन्दोलनलाई अघि बढाएमा अर्को पाँच वर्षसम्म पनि युवाले आफ्ना एजेन्डा सिर ठाडो राख्न सक्ने स्थिति नबन्ने चेतावनी दिए।
उनले आन्दोलनलाई प्रभावकारी बनाउन क्यालेन्डरवाइज कार्ययोजना तयार गर्नुपर्नेमा जोड दिए। संविधान संशोधनका बुँदागत एजेन्डा, शिक्षा र स्वास्थ्य सुधार, निजी क्षेत्र र सरकारी प्राथमिकता, स्रोत व्यवस्थापनका आधारहरू स्पष्ट नहुन्जेल परिवर्तनको लक्ष्य केवल नारामै सीमित हुने उनको भनाइ छ।
“सिफारिसको आधारमा कोही सत्तामा पुगे पनि जागिर खाने बाहेक केही गर्न सक्दैन,” भन्दै उनले आन्दोलनकारीहरूलाई ठोस नीति, योजना र एजेन्डा सार्वजनिक गर्न आग्रह गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस