Like us!
Follow us!
Connect us!
Watch us!

"हाम्रो विचार एउटै हो, विभाजन नेताको स्वार्थको परिणाम" – घनश्याम भूसालले गरे कम्युनिस्ट एकता आह्वान

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १८ : १७ मा प्रकाशित

"हाम्रो विचार एउटै हो, विभाजन नेताको स्वार्थको परिणाम" – घनश्याम भूसालले गरे कम्युनिस्ट एकता आह्वान

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले भदौ २३ र २४ गते भएका घटनालाई नेपालको लोकतान्त्रिक इतिहासकै ‘सर्वाधिक कायरतापूर्ण बर्बरता’ भन्दै कडा आपत्ति जनाएका छन् ।

उनले सरकारको गोलीप्रयोगलाई निर्दोष युवामाथिको नरसंहार र त्यसपछिका आगजनी, तोडफोड र लूटपाटलाई ‘सैतानी ताण्डव’ का रूपमा चित्रण गर्दै यसले मुलुकलाई दशकौँसम्म पीडित बनाउने चेतावनी दिएका छन् । भूसालका अनुसार यी घटनाले प्रत्यक्ष क्षति मात्र नभई अदृश्य तर दीर्घकालीन घाउ पनि देशको सामाजिक–राजनीतिक संरचनामा पुर्‍याएको छ ।

भूसालले यो घटनाको कारण केवल सत्ताको दुर्बुद्धि मात्र नभई षडयन्त्रकारी तत्वले फलाएको ‘हलाहल विष’ भएको स्पष्ट हुन आएको बताए । उनका अनुसार दशकौँदेखि बनाइएको देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायका मूल्यहरूमाथि खेलबाड हुँदै गएकोले वाम आन्दोलनमा हुर्केका लाखौँ सदस्य र शुभचिन्तकहरूमा गहिरो पीडा, ग्लानी र असन्तोष पैदा भएको छ ।

राजनीतिक दलहरूलाई नेताहरूको व्यक्तिगत स्वार्थको बिर्ता बनाउन खोजिएको भनी आक्रोश व्यक्त गर्दै उनले तल्लो पङ्तिका कार्यकर्ताको आवाज निरन्तर उपेक्षा भएको पनि आरोप लगाए ।

वर्तमान गतिरोधलाई असाधारण सङ्कटको संज्ञा दिँदै उनले सबै वामपन्थी शक्ति, लोकतन्त्रवादी कार्यकर्ता, बुद्धिजीवी र समर्थकलाई बारबन्देज भत्काएर खुला छलफलमा उत्रिन आह्वान गरेका छन् । उनका अनुसार नेताहरूका व्यक्तिगत स्वार्थले मात्र विभाजन गरेको वाम आन्दोलन फेरि एउटै उद्देश्यका आधारमा एकताबद्ध भए नयाँ ऐतिहासिक राजनीतिक शक्ति जन्मिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको