भर्खरै स्थिरता र पुनरुत्थानको बाटोतर्फ लम्किरहेको नेपालको अर्थतन्त्र पुनः गम्भीर संकटमा फसेको छ। ‘जेन जी’ आन्दोलनका नाममा भएको हिंसा र अराजकताले निजी क्षेत्र, सरकारी संरचना र मुलुकको समग्र लगानी वातावरणलाई प्रत्यक्ष रूपमा तहसनहस बनाएको छ। यसले नेपालकाे अर्थतन्त्र थप सकमा पर्ने देखिन्छ ।
गत भदौ २३ गतेबाट सुरु भएको आन्दोलनले ठूलाे जनधनकाे क्षति पुग्याे । सुरुदेखिनै आन्दाेलन हिसात्मक बन्न पुग्याे । पहिलाे दिननै १९ जनाकाे मुत्यु भएको आन्दाेलनकाे दाेस्राे दिन आगजनी र तोडफोड, लुटपाट र निजी तथा सरकारी सम्पत्तिमाथि आक्रमणमा परिणत भयो। आन्दोलनको चौथो दिनसम्म पनि राजधानी काठमाडौंसहितका प्रमुख शहरहरूमा लागेकाे आगो पूर्ण रुपमा निभएकाे थिएन । यद्यपि अझै पनि यस आन्दोलनबाट कहाँ–कहाँ के–कस्तो क्षति भयो भन्नेबारे यकिन विवरण भने हालसम्म पाइएको छैन् ।
योजनाबद्ध आक्रमण : निजी क्षेत्र निसानामा
यो आन्दोलन शुद्ध जनअसन्तोषको अभिव्यक्ति मात्र नभई ठूला उद्यमी, बहुराष्ट्रिय कम्पनी र सरकारी संरचनामाथि केन्द्रित योजनाबद्ध आक्रमणका रूपमा विकसित हुन पुग्याे । आन्दाेलनबाट सरकारी सरचना मात्रै ध्वस्त पारिएनन् राेजगारी सिर्जना गरिरहेका विभिन्न व्यापारिक केन्द्रमा समेत आगाे लगाइएकाे छ ।
विशेषगरी निजी क्षेत्रका अगुवा व्यवसायीहरूको घर, उद्योग, र कार्यालयहरू जलेका छन्। विनोद चौधरी, चन्द्र ढकाल, उपेन्द्र महतो, शेखर गोल्छा, वसन्त चौधरी, पवन गोल्यान, बिन्दुकुमार थापा, राजेन्द्र बजगाईँ लगायत देशका प्रमुख लगानीकर्ता प्रत्यक्ष निशानामा परे।
चौधरी ग्रुप अन्तर्गतका सम्पत्ति—रवि भवनस्थित निवास, सिजी डिजिटल पार्क, सतुंगल र थापाथलीका शोरुमहरूमा आक्रमण हुँदा अर्बौंको क्षति भएको छ। सवारी साधन जलाइएका छन्, कीमती वस्तुहरू लुटिएका छन्। शंकर ग्रुपद्वारा सञ्चालित हिल्टन होटल, जुन साढे ८ अर्ब रुपैयाँको लगानीमा हालै मात्र सञ्चालनमा आएको थियो, पूर्णरूपमा खरानी बनाइएको छ। नेपालीहरूका लागि उच्चस्तरको रोजगारी सृजना गर्ने उद्देश्यले खोलिएको यो पाँचतारे होटल अब भग्नावशेषमा परिणत भएको छ।
एनसेल, भाटभटेनी, कान्तिपुर मिडिया ग्रुप, अन्नपूर्ण पोष्ट, सिम्रिक एयर, टाटा मोटर्स, हुण्डाई, सुजुकी, गोल्यान टावर, मारवाडी सेवा समिति, ग्लोबल कलेज, वर्णवास होटल लगायतका प्रतिष्ठानहरूमा तोडफोड र आगजनी गरिएको छ।
‘जेन जी’ आन्दोलनले उठाएको मुद्दा जुनसुकै भए पनि त्यसको प्रकटीकरण हिंसात्मक र लक्षित ढंगमा हुनुले आन्दोलनको नैतिक धरातल कमजोर बनाएको छ। विरोधका नाममा निजी सम्पत्ति, रोजगारी सृजनामा जुटिरहेका संरचना, र अत्यावश्यक सेवाहरूमाथि आक्रमण हुनु गम्भीर चिन्ताको विषय बनेको छ। यसले अर्थतन्त्रमा मात्र होइन, सामाजिक स्थायित्व र नागरिक सुरक्षामाथि पनि गम्भीर असर पार्ने संकेत देखिएको छ। लगानीकर्ताहरू त्रसित छन्, सर्वसाधारण आक्रान्त। रोजगारी गुमाउनेहरूको संख्या दिनानुदिन बढिरहेको छ।
जेनजीका नाममा भएको क्षतिलाई नेपालको अर्थतन्त्रले थेग्न नसक्ने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रमममा पूर्व गभर्नर क्षेत्रलीले अहिलेको अवस्थाबाट उठ्नु निकै चुनौतिको विषय भएको बताएका हुन् । सबै सार्वजनिक संस्थानहरु ध्वस्त बनाएको अवस्थामा विदेशीसँग माग्ने बाटो समेत बन्द भएको र अर्थतन्त्र निकै कमजोर बन्ने उनको भनाइ छ । छिटो नयाँ अन्तरिम सरकार बनाएर अघि बढ्नु पर्ने भए पनि अहिलेसम्म खासै केही प्रगति नभएको अवस्थामा देशमा थप अन्यौलता उत्पन्न भएको उनले बताए । ‘कुनै एउटा सामान्य सुरुङमार्ग निर्माणका लागि त विदेशी गुहार्नु पर्ने अवस्थामा तीन पुस्ता भन्दा बढीको इतिहास भएको सिंहदरबार बनाउनका लागि हाम्रो अर्थतन्त्रले थेग्दैन,’ उनले भने । केही अनुदान स्वरुप आएका उद्योग निजी करणको नाममा सकिएको र अहिले एसियाली विकास बैंक र विश्व बैंकले पनि नेपाल समृद्धीको बाटोमा गएको भन्दै बढी ब्याज लिने गरेको उनले सुनाए ।
भ्रष्ट नेताहरुको पैसा प्रयोग गरेर बजेट बनाउने कुरा पनि सुनिएको भन्दै यस्तो कुरा २०६२/०६३ मा पनि सुनिएको भन्दै यसमा कुनै पनि विश्वास गर्न सकिने अवस्था नदेखिएको क्षेत्रीले बताए । आफ्नो उत्पादन नभएको अवस्थामा भोकै मर्नु पर्ने अवस्था पनि आउन सक्ने उनको भनाइ छ ।
अर्थविद् चन्द्रमणी अधिकारीले अहिले जेनजीका नाममा भएको विध्वंशबाट भएको क्षतिको भर्पाइ गर्नका लागि दुई आर्थिक वर्षको बजेट लाग्ने बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा अर्थविद् अधिकारीले अहिले सबै संरचना ध्वत भएको अवस्थामा हाम्रो कुल जिडीपीको आधा भन्दा बढी खर्च लाग्ने बताएका हुन् । अहिलेको नोक्सानीको पूर्ती गर्नका लागि १० औँ वर्ष लाग्ने उनको भनाइ छ । सार्वजनिक तथा व्यक्तिका भौतिक संरचनामा पनि क्षति पुगेको अवस्थामा पुनः निर्माणका लागि ठूलो धनशासी आवश्य पर्ने उनको भनाइ छ । ‘अहिले व्यापार व्यवसाय पनि ठप्प रहेको अवस्थामा दैनिक ५ अर्ब रुपैयाँ नोक्सनी भोग्नु परेको छ । यो अवस्था जति लम्बिन्छ आर्थिक भार पनि बढ्दै जान्छ,’ उनले भने । अहिलेको आन्दोलनको निकास कसरी निस्कन्छ अर्थतन्त्रको भविष्य पनि त्यसमा नै निर्भर हुने उनी बताउँछन् । देशमा शान्ति भएन भने विदेशी लगानी मात्रै नभएर रेमिट्यान्स पनि नआउने र यसले थप समस्या सिर्जना हुने उनको भनाइ छ । अहिलेको अवस्थामा पर्यटनको आवागमन पनि नहुने भएकाले थप समस्या सिर्जना हुने उनको दाबी छ । ‘यो अवस्थामा हाम्रो देशको अर्थतन्त्र थप नकारात्मक अवस्थामा जान्छ । यसले गरिवी र व्यरोजगारी पनि बढाउँछ,’ उनले भने ।
अबको नेतृत्वले सुजबुझ रुपमा समस्यालाई समाधान गर्न सकेको खण्डमा अवस्था सुधार हुने नत्र अझ भयाभह हुने उनको भनाइ छ । अहिले नै अर्थतन्त्र संकुनमा रहेको अवस्थामा यो ध्वंशले थप नकारात्मक हुने उनको दाबी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस