नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम गाउँपालिकामा आधुनिक दूरसञ्चार सेवा विस्तार गरेको छ। हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–१ मा २०७९ भाद्र २५ गतेदेखि २जी र ४जी मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो। यससँगै सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ का जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि र लुमजस्ता बस्तीका बासिन्दाले पहिलोपटक गुणस्तरीय ४जी सेवा प्राप्त गरेका छन्।
यसैगरी, हुम्लाकै चंखेली गाउँपालिका–६ मा पनि नेपाल टेलिकमले भाद्र २७ गतेदेखि २जी र ४जी सेवा सुरु गरेको छ। नयाँ सेवा सञ्चालनमा आएपछि चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ का बरैहीगाउँ, सरु गाउँ, देउली, निमिगाउँ र आसपासका क्षेत्रका उपभोक्ताले उच्च गुणस्तरको ४जी मोबाइल सेवाको सुविधा लिन थालेका छन्।
नेपाल टेलिकमले देशका दुर्गम र विकट क्षेत्रमा पनि दूरसञ्चार पहुँच पुर्याउन निरन्तर प्राथमिकता दिँदै आएको छ। कम्पनीका अनुसार आगामी दिनमा बाँकी गाउँपालिका र बस्तीहरूमा पनि सेवा विस्तार गर्ने योजना रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस