Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिलाई जेनजी वार्ता टोलीले बुझायो ८ बुँदे माग

अर्थ संसार

शुक्रबार, २४ असोज २०८२, ११ : ५५ मा प्रकाशित

राष्ट्रपतिलाई जेनजी वार्ता टोलीले बुझायो ८ बुँदे माग

जेनजी युवा प्रतिनिधिहरुले गत भदौ २३ र २४ गतेको आन्दोलनमा सहभागी भएकामाथि अभियोजन नगर्न र उनीहरूलाई सुरक्षा प्रदान गर्नुपर्ने मागसहित राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन बुझाएका छन्। साथै, आन्दोलनकारीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

वार्ता टोलीका सदस्य प्रवेश दाहालका अनुसार २२ असोजमा राष्ट्रपति पौडेलसँग भेट गरी प्रस्तावित सम्झौतापत्रमार्फत आठ बुँदे मागहरु पेश गरिएको हो।

दोस्रो बुँदामा लेखिएको छ, ‘जेनजीको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी आन्दोलनकर्तालाई अभियोजन नगर्ने गरी उचित सुरक्षा प्रदान गर्ने, राज्यका निकाय र राजनीतिक दलहरुद्वारा गरिएका र गराइएका तथा हुनसक्ने आक्रमणहरुबाट यथाशक्य सुरक्षा प्रदान गर्ने ।’

जेनजी युवाहरुले हालसम्म सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको सम्पत्तिको छानबिन गरी अभियोजन गर्ने र त्यस्तो सम्पत्ति राष्ट्रियकरण गर्ने प्रस्ताव समेत राखेका छन् ।

निजामती कर्मचारीलाई जनउत्तरदायी बनाउन आवश्यक व्यस्था गर्नुपर्ने उनीहरुको प्रस्ताव छ । यस्तै आगामी निर्वाचनपछिको संसदको बैठकमार्फत् सबै संवैधानिक आयोगहरुलाई राजनीतिक हस्तक्षेपबाट पूर्णरुपमा मुक्त राख्न र स्वायत्त तथा स्वतन्त्र ढंगले कार्यसम्पादन गर्न सक्षम बनाउन उक्त आयोगको संरचना तथा पदाधिकारी नियुक्तिको पुनर्संरचनाको व्यवस्था गर्ने गरी अनिवार्य अनुमोदन गर्नुपर्ने उनीहरुको माग छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको