नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ।
नेविसंघले भदौ २३ र २४ गते आयोजित जेनजी युवा आन्दोलनका क्रममा घटेका अप्रिय घटनाहरूको छानबिनको माग गर्दै काठमाडौं र ललितपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हो।
उनीहरूले विद्यार्थीहरूलाई आन्दोलनमा उक्साएको, आगजनी तथा तोडफोडमार्फत राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याएको, साथै सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको आरोप लगाउँदै अनुसन्धान गर्न माग गरेका छन्। उजुरी दर्ता गर्नेहरूमा नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस