Like us!
Follow us!
Connect us!
Watch us!

SMART को निःशुल्क वित्तीय साक्षरता कार्यक्रम - आर्थिक सचेतनातिरको महत्वपूर्ण कदम

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, १० : ०० मा प्रकाशित

SMART को निःशुल्क वित्तीय साक्षरता कार्यक्रम - आर्थिक सचेतनातिरको महत्वपूर्ण कदम

आगामी २०२५ डिसेम्बर १ देखि (मंसिर १५–२१) सम्म SMART (Stock Market Analysis & Research Team) ले सर्वसाधारणका लागि निःशुल्क  'वित्तिय साक्षरता अनलाइन प्रशिक्षण' सञ्चालन गर्ने भएको छ। लगानीकर्ता, विद्यार्थी, जागिरे तथा आर्थिक रूपमा सक्षम बन्न चाहने सबैलाई लक्षित गरिएको यो प्रशिक्षणले देशभरका युवालाई आर्थिक सूझबूझतिर उन्मुख गराउने अपेक्षा गरिएको छ।

यस ६ दिने अनलाइन प्रशिक्षणमार्फत सहभागीहरूले आर्थिक सचेतना, पैसाको सही व्यवस्थापन, आम्दानी–खर्च योजना, बचत तथा लगानीका आधारभूत सिद्धान्तदेखि लिएर दैनिक जीवनमै उपयोग हुने व्यावहारिक वित्तीय ज्ञान सरल र बुझ्न सजिलो शैलीमा सिक्ने SMART ले जनाएको छ। 'From Awareness to Action – Master your money' भन्ने मूल नारासहित सुरु गरिएको यो कार्यक्रमले आर्थिक कमजोरीबाट बाहिर निस्कन र वित्तीय निर्णयहरूमा आत्मविश्वासी बन्न ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम हरेक दिन राति ८ बजेदेखि ९ बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ, जसले सहभागीहरूलाई घरमै बसेर सहज रूपमा सिक्न पाउने सुविधा प्रदान गर्दछ। नेपालमा वित्तीय ज्ञानको अभावका कारण धेरै युवाहरू अनावश्यक खर्च, गलत लगानी तथा दीर्घकालीन वित्तीय योजनाबाट टाढा रहँदै आएका अवस्थामा SMART को यो पहल आर्थिक भविष्य सुरक्षित बनाउन महत्वपूर्ण टर्निङ पोइन्ट बन्न सक्ने बताइन्छ।

यस प्रशिक्षणका मुख्य आकर्षणमा निःशुल्क ६ दिने अनलाइन सहभागिता, वित्तीय व्यवस्थापन तथा लगानीका आधारभूत पाठ, सजिलो, सरल र व्यावहारिक प्रस्तुति शैली, अनुभवी SMART प्रशिक्षकद्वारा सिकाइ, तथा प्रमाणपत्र (Certificate) उपलब्ध गराइनेछ ।

कार्यक्रममा सहभागी हुन इच्छुकहरूले SMART द्वारा उपलब्ध गराइएको QR Code स्क्यान वा https://forms.gle/UZgRSamFKpocMoFL6  बाट सजिलै निःशुल्क दर्ता गर्न सक्नेछन्।

SMART ले सबै वित्तीय सचेत नागरिक, विद्यार्थी, गृहिणी, जागिरे, युवा तथा भविष्यमा लगानी गर्न इच्छुक सबैलाई यो प्रशिक्षणलाई जीवनपरिवर्तनकारी अवसरका रूपमा लिन आग्रह गरेको छ। आर्थिक ज्ञान नै आर्थिक शक्ति भएकाले, आफ्नो आर्थिक भविष्य मजबुत बनाउने उत्कृष्ट मौका यसले प्रदान गरेको  छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको