Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : तराइमा हुस्सु र हिमालमा हिमपातको सम्भावना

अर्थ संसार

सोमबार, १४ पुस २०८२, ०६ : ३५ मा प्रकाशित

आजको मौसम : तराइमा हुस्सु र हिमालमा हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। 

देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

देशका तराई भू–भागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको