धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण वीरगञ्ज अशान्त बन्दै आएको छ ।
वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्मका लागि थप गरिएको छ। धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि कर्फ्यू आदेश लागू गरेको हो।
सुरुमा सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यूलाई दिउँसो १ बजेसम्म विस्तार गरिएको थियो। त्यसपछि पुनः अवधि बढाएर साँझ ६ बजेसम्म कायम गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस