Like us!
Follow us!
Connect us!
Watch us!

वीरगञ्ज नाकाबाट ४८ अर्ब १० करोडको निर्यात, भटमासको तेल सबैभन्दा बढी

अर्थ संसार

विहीबार, ०८ माघ २०८२, १३ : ३२ मा प्रकाशित

वीरगञ्ज नाकाबाट ४८ अर्ब १० करोडको निर्यात, भटमासको तेल सबैभन्दा बढी

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८ अर्ब १० करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ । गत आवको छ महिनाको अवधिमा भने ३१ अर्ब ६७ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए ।

चालु आवको छ महिनामा २५ अर्ब ४२ करोड मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ । तीन अर्ब ४८ करोड मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड रुपैयाँ मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । त्यस्तै दुई अर्ब २५ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भएको छ । त्यस्तै एक अर्ब ७८ करोड रुपैयाँ पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ ।

 

वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा ४८ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ।

गत आवकै समान अवधिसँग तुलना गर्दा, चालु आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले वृद्धि भई १६ अर्ब ४३ करोड रुपैयाँले बढी भएको छ। गत आवको छ महिनामा ३१ अर्ब ६७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु निर्यात भएको थियो।

निर्यात गरिएको वस्तुहरूमा प्रमुख रूपमा २५ अर्ब ४२ करोड मूल्यको भटमासको तेल, तीन अर्ब ४८ करोड मूल्यको फलफूलको जुस, तीन अर्ब ५५ करोड मूल्यको सूर्यमुखीको प्रशोधित तेल, दुई अर्ब २५ करोड मूल्यको पाम तेल र एक अर्ब ७८ करोड मूल्य बराबरका विभिन्न प्रकारका कपडा समावेश छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको