Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिका र भेनेजुएला तनावबारे बोल्यो नेपाल, ‘संयम हुन र सार्वभौमिकताको सम्मान गर्न आग्रह’

अर्थ संसार

विहीबार, २४ पुस २०८२, १३ : ४८ मा प्रकाशित

अमेरिका र भेनेजुएला तनावबारे बोल्यो नेपाल, ‘संयम हुन र सार्वभौमिकताको सम्मान गर्न आग्रह’

नेपालले भेनेजुएलामा बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भेनेजुएलामा भएका पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट अवलोकन गरिरहेको उल्लेख गरिएको छ।

मन्त्रालयले सबै पक्षलाई अधिकतम संयमता अपनाउन तथा तनावलाई थप उक्साउने कुनै पनि गतिविधिबाट जोगिन आग्रह गरेको छ। साथै, नेपाल संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तप्रति दृढ प्रतिबद्ध रहेको कुरा विज्ञप्तिमा उल्लेख छ।

नेपालले उत्पन्न भएका विवादहरू शान्तिपूर्ण रूपमा समाधान गर्न संवाद, कूटनीति र आपसी समझदारीलाई प्राथमिक माध्यमका रूपमा अपनाउनुपर्नेमा जोड दिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको