Like us!
Follow us!
Connect us!
Watch us!

'आयोगले कांग्रेसको विधानविपरीत निर्णय गरे देशव्यापी आन्दोलन गर्छाैं'

अर्थ संसार

शुक्रबार, ०२ माघ २०८२, १५ : ४२ मा प्रकाशित

'आयोगले कांग्रेसको विधानविपरीत निर्णय गरे देशव्यापी आन्दोलन गर्छाैं'

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले आफूहरूको पक्षलाई मान्यता नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्। पार्टीभित्र देखिएको विवादका बारेमा शुक्रबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत खड्काले उक्त चेतावनी दिएका हुन्।

‘षड्यन्त्र र दबाबमा परेर आयोगले काग्रेसको विधानविपरीत निर्णय गरे देशभर आन्दोलन गर्नुको विकल्प छैन,’ खड्काले भने, ‘हामी वडातहसम्मै आन्दोलन गर्छौं ।’

पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले अध्ययन गरिरहेका बेला खड्काले पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको