Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो शेयरमा बढी जोखिम हुन्छ ?

शनिबार, १९ फागुन २०७४, ०५ : १० मा प्रकाशित

कस्तो शेयरमा बढी जोखिम हुन्छ ?

अर्थ संसार, काठमाडौं–सबै खाले धितोपत्रमा गरिने लगानी जोखिममुक्त हुँदैन ।

साधारण शेयरमा गरिने लगानीलाई अन्य धितोपत्रमा गरिने लगानीभन्दा बढी जोखिमपूर्ण मानिन्छ ।

किनभने यसमा लाभांशको ग्यारेन्टी गरिएको हुदैन । त्यसैगरी सेयरको बजार मूल्य सधैं बढीरहन्छ भन्ने पनि निश्चित हुदैन ।

निजी क्षेत्रका पब्लिक कम्पनीले जारी गर्ने ऋणपत्र (डिबेन्चर) को हकमा तोकिएको समय र दरमा ब्याज तथा साँवा भुक्तानी गर्ने शर्त रहने हुँदा यसलाई सेयर भन्दा कम जोखिमपूर्ण मानिन्छ ।

बजार मूल्यमा उतारचढावको जोखिम भने यसमा पनि रहेकै हुन्छ ।यस्तै सरकारी धितोपत्रमा तोकिएको समय र तोकिएको दरमा ब्याज प्रदान गरिने र तोकिएको अवधिमा सावाँ भुक्तानी समेत निश्चित हुने हुँदा यस्ता धितोपत्रलाई जोखिममुक्त मानिन्छ ।

तर सरकारहरुले पनि ऋणपत्रको सावाँ ब्याज तिर्न नसकेको उदाहरणहरु छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको