Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ माइक्रोफाइनान्सको आइपिओमा आवेदन दिनुभयो ? चाँडै बन्द हुँदै

शनिबार, १९ फागुन २०७४, ०८ : १३ मा प्रकाशित

आरम्भ माइक्रोफाइनान्सको आइपिओमा आवेदन दिनुभयो ? चाँडै बन्द हुँदै

अर्थ संसार, काठमाडौं– आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको फागुन १५ गतेदेखि आइपिओ निश्कासन भैरहेको छ ।

कम्पनीले कुल २ लाख ९४ हजार कित्ता साधारण शेयर  निष्काशन गरको हो ।  जसमा ३ प्रतिशत अर्थात ८ हजार ८२० कित्ता सेयर कर्मचारीका लागि तथा ५ प्रतिशत अर्थात १४ हजार ७ सय कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ।

२ लाख ७० हजार ४८० कित्ताका लागि सर्वसाधारणको आवेदन माग गरिएको हो। छिटोमा फागुन २१ गते र ढिलोमा २९ गतेमम्म आवेदन दिन सकिनेछ। न्यूनतम ५० तथा अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ।

एनआइसी एशिया क्यापिटल बबरमहल, आरम्भ माइक्रोफाइनान्स बनेपा र सि आस्वा सुविधा भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थामार्फत आइपिओमा आवेदन दिन सकिनेछ।

संस्थाको प्राथमिक शेयर निष्काशनपछि संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत हिस्साको चुक्ता पुँजी कायम हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको