Like us!
Follow us!
Connect us!
Watch us!

छ करोडको लागतमा मन्दिर निर्माण

आइतबार, २० फागुन २०७४, ११ : ०९ मा प्रकाशित

छ करोडको लागतमा मन्दिर निर्माण

अर्थ संसार, बागलुङ–बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ ।

रु छ करोडको लागतमा बन्न लागेको मन्दिरको ८५ प्रतिशत काम पूरा भएको जनाइएको छ । विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ बनाउन लागिएको हो । मन्दिर निर्माणमा विभिन्न क्षेत्रबाट दाताको सहयोग जुटेको निर्माण समितिले जनाएको छ ।

अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टले शुरुमा रु एक करोड उपलब्ध गराएको समितिका कोषाध्यक्ष हरिप्रसाद उपाध्यायले बताउनुभयो । प्यागोडा शैलीको मन्दिरमा श्रीराम अङ्कित कालीगण्डकी नदीका शिला ९ढुङ्गा० र सालको काठ प्रयोग गरिएको छ ।

उदयपुरबाट झिकाइएको सालको काठमा आकर्षक कला कुँदेर मन्दिरका टुँडाल, झ्याल, ढोका बनाइएको छ । मन्दिर निर्माणको काम भक्तपुरबाट आएका दक्ष कालीगढले गरेका हुन् ।

महिनौँ दिन लगाएर कालीगढले सालको काठमा देवीदेवताका आकृति कुँदेका थिए । प्राचीन नेपाली कला र शैली झल्कने गरी मन्दिरको निर्माण गरिएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको