अर्थ संसार, काठमाडौँ– आँखुखोला जलविद्युत कम्पनीले ८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले धादिङमा सञ्चालित ८.४ मेगावाटको आँखुखोला जलविद्युत केन्द्रको स्थानीयका लागि छुट्याइएको १० प्रतिशत साधारण सेयर निष्कासन गर्न लागेको जनाएको छ ।
प्रतिकित्ता १ सय रुपैयाँ अंकित ८ करोड मूल्यको साधारण सेयर निष्कासन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । सेयर निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डसँग स्वीकृति मागेको छ ।
बोर्डमा आवश्यक कागजात बुझाउने प्रक्रिया पूरा भएकाले स्वीकृति पाएको २ साताभित्र सेयर बिक्री खुल्ला हुने कम्पनीले जानकारी दिएको छ ।
स्थानीयका लागि छुट्टयाइएको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि छुट्ट्याइएको १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता सेयर जारी हुनेछ ।
सेयर निष्कासन तथा बाँडफाँड गर्न सिभिल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले निर्माण गरेको आँखुखोला जलविद्युत केन्द्रले २०७० सालदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस