Like us!
Follow us!
Connect us!
Watch us!
अर्थमन्त्रीले भने -‘मैले अनुत्पादक भनेको छैन’

अनावश्यक हल्ला फिजाइदा शेयर बजार समस्यामा

सोमबार, २१ फागुन २०७४, ११ : २२ मा प्रकाशित

अनावश्यक हल्ला फिजाइदा शेयर बजार समस्यामा

अर्थ संसार, काठमाडौँ – अर्थमन्त्री डा युवराज खतिवडाले शेयरब जारलाइर्ब आफूले अनुत्पादक नभनेको बताएका छन् । अर्थमन्त्रीका कारण शेयर बजार घटेको भन्दै बजारमा चर्को आपत्ति आउन थालेपछि उनले सो प्रतिक्रिया दिएका हुन् ।

उनले बजार विस्तारका लागि आफू तयार रहेको बताएका छन् । बजार लगातार ओरालो लागेपछि त्यसलाई सन्तुलनमा ल्याउन अर्थमन्त्री डा खतिवडाले पछिल्लो पटक त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

शेयरको आपूर्ति मागको तुलनामा बढी देखिन्छ । लगानी कोषलगायतका संस्थागत लगानीकर्ताहरु शेयर बजारको कारोबारमा पर्ख र हेरको सिद्धान्तमा रहेका छन् । यस्तो अवस्थामा शेयरको मूल्य वृद्धि हुनै सक्दैन ।

तसर्थ विभिन्न परियोजनाहरुका आवश्यक थप पूँजी जुटाउने महत्वपूर्ण औजार पूँजी बजारलाई अर्थतन्त्रको ज्ञाता अर्थमन्त्रीले यस्तो भने भनेर रोइलो गर्नुमा कुनै अर्थ नभएको जानकारहरुको भनाइ छ ।

 कतै वाम सरकार र उनको यो अभिव्यक्तिको गलत बुझाईलाई हौवा बनाएर सट्टेवाजहरु ठूलै चलखेल गर्न उद्यत् त छैनन् ? भन्ने प्रश्न पनि उठेको छ ।

शेयर बजारको कारोबारमा स्पेकुलेशनको ठूलो हिस्सा रहेको बताइएको छ ।  म्यानुपुलेशन गर्दै स्पेकुलेशन गर्न खप्पिस शेयर सट्टेबाजहरु यस्ता हौवालाई थप हावा हावा दिन सधै  तत्पर रहने गर्छन ।

 तर अर्थमन्त्रीले हालै भन्सार तथा कर प्रशासनलाई चुस्त गर्न रिफरेन्स, मूल्य भन्दा कम भन्सार मूल्यांकन नगर्न नगराउन कडा निर्देशन दिए ।

जस्को चर्चा गर्न उनीहरुलाई आवश्यक लागेन । तर जसको फलस्वरुप सकारात्मक प्रभाव तत्काल देखियो । राजस्व वृद्धि अहिलेसम्मकै उच्च भयो । यो पनि सुरुवाती संकेत हो । वाम सरकार र अर्थमन्त्री स्वयम्लाई असफल हुने सुविधा यो पटक छैन ।

तसर्थ नेपाली अर्थतन्त्रको सबलीकरणमा उनको कामको अहिल्यै शंसय वा शंका गर्ने सुविधाको उपयोग गर्न हामी हतारिनु उचित नहुने बताइन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको