Like us!
Follow us!
Connect us!
Watch us!

पछिल्लो एक सातामा कति घट्यो शेयर बजार, अब के होला ?

मंगलबार, २२ फागुन २०७४, १० : ४६ मा प्रकाशित

पछिल्लो एक सातामा कति घट्यो शेयर बजार, अब के होला ?

अर्थ संसार, काठमाडौं– अर्थमन्त्रीमा डा युवराज खतिवडा नियुक्त भएको एक साता बितेको छ ।

खतिवडा ठिक एक साता अघि अर्थात फागुन १४ गते अर्थमन्त्रीमा नियुक्त भएका थिए। उनी अर्थमन्त्री नियुक्त भएपछि सोमबार समेत पाँच दिन दिन शेयर बजार खुल्यो ।

यो पाँच दिन मध्ये चार दिन शेयर बजारको मापन गर्ने नेप्से सूचक घटेको छ भने एक दिन झिनो अंकले सुधार भएको थियो।

पहिलो दिन १४ अंकले बजार गुमाएको नेप्सेमा गत मंगलबार पाँच अंकको वृद्धि भयो । बुधवार १९ अंकको र आइतवार झण्डै ४२ अंकको गिरावट आयो । यस्तै सोमबार १६.६५ बिन्दले बजार घट्यो । (आज) मंगलबार भने बजार ८.७ अंकले बढेको छ ।

पाँच दिनमा कारोवार दिनमा सेयर बजारले ८७.६५  अंकले बजार गुमिसकेको छ । यसलाई धेरैले अर्थमन्त्रीको शेयर बजारप्रतिको गलत धारणाको रुपमा अथ्र्याइएको छ ।

विश्लेषकहरुकाअनुसार बजार अझै घट्ने सम्भावना रहेको छ । किनकी बजारमा हकप्रद र बोनस शेयरको चाप छ । बजारमा अत्याधिक मात्रामा तरलताको अभाव रहेको छ ।

बजार केही दिन अझै अस्थीर हुन सक्ने विश्लेषकहरुको भनाइ छ । त्यसलाई निरुपण गर्न सरकारले तत्काल कदम चाल्नु उपयुक्त देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको