Like us!
Follow us!
Connect us!
Watch us!

देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, आज सातै प्रदेशमा वर्षाको सम्भावना

अर्थ संसार

बुधबार, १४ माघ २०८२, ०८ : ११ मा प्रकाशित

देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, आज सातै प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागमा  पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भूभागमा साधरणतया बादल लाग्नेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको सम्भावना रहेको छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा  र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको