अर्थ संसार, काठमाडौँ– सुखावती मल्टी प्रोडक्ट र खोट्टाबजी समूहले कलाकार मानकृष्ण कपाली ‘बाबा’लाई रु एक लाख २२ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
मुटु रोगबाट पीडित कपालीको उपचारमा सहयोगका लागि विभिन्न कलाकारबाट रकम संकलन गरिएको थियो ।
‘इमेज च्यानल’बाट नेवारी भाषामा प्रसारण भएको ‘खोेट्टाबजी’ टेलिसिरियलमा खेल्ने स्थानीय जनबहालमा बसोबास गर्दै आउनुभएका कपालीको केही महिनादेखि मुटुमा समस्या देखिएको छ ।
सुखावती प्रोडक्टका निर्देशक विनोद तुलाधरले कलाकारिताको माध्यमबाट नेवारी भाषा साहित्यको विकासमा योगदान गर्नुभएका कपालीको स्वास्थ्यमा समस्या र आर्थिक अवस्था कमजोर रहेका कारण आफ्नो संस्थाले विभिन्न कलाकारसँग समन्वय गरी मानवीय सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस