अर्थ संसार, काठमाडौं– आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १५ गतेदेखि २० गतेसम्म निश्कासन गरेको सधारण शेयर (आइपिओ) मा माग भन्दा ४१.१६ गुणा धेरै आवेदन परेको छ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख राम प्रसाद भट्टराईका अनुसार १ लाख ८९ हजार आवेदकबाट १ अर्ब २१ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।
१०० रुपैयाँ दरको २ लाख ९४ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार ८२० कित्ता ९३५० सेयर कर्मचारी र १४ हजार ७०० कित्ता ९५५० म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो ।
माग भन्दा ४१ गुणा बढी आवेदन परेपछि लगानीकर्तालाई पर्ने संभावना पनि न्यून छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस