Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १८ माघ २०८२, १० : २८ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

बैंकले ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत आज माघ १८ गतेबाट बिक्रीमा राखेको  हो।

बैंकको यो लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।  बोलपत्र काठमाडौंको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा र बुटवलमा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन ४ गतेसम्म रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको