अर्थ संसार, काठमाडौं– लगातार घटेको शेयर बजारमा (आज) मंगलबार भने सामान्य अंकले सुधार आएको छ । बजार ८.७ अंले बढेको छ ।
कारोबार भएको १० वटा समूह मध्ये ८ वटा समूह उकालो लाग्दा १२९६.१८ विन्दुमा पुगेको छ । १२८७ विन्दुबाट शुरु भएको नेप्से इन्डेक्स २ बजे १३०५ विन्दुमा पुगेपनि इन्डेक्स विस्तार घटेर बजार बन्दा हुँदा १२९६.१८ विन्दुमा पुगी रोकिएको हो ।
कूल १ सय ६४ कम्पनीको १४ लाख ४८ हजार ८ सय ५ कित्ता शेयर खरिदविक्री हुँदा ४८ करोड ३९ लाख १० हजार ७ सय ५७ रुपैयाँको कारोबार भएको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.८७ अंकले बढेको छ ।
सामान्य अंकले बढेको बजारमा बैंक १०.५४, व्यापार २.९५, विकास बैंक १९.९७, जलविद्युत २२.०७, फाइनान्स १.८५, विमा ३४.९७, उत्पादन ११.२६ र माइक्रोफाइनान्स १९.०१ अंकले बढेको छ ।
यता, होटल ६९.५८ र अन्य ५.२९ अंकले घटेको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस