Like us!
Follow us!
Connect us!
Watch us!

जिससद्वारा कामपालाई १२ करोड रकम हस्तान्तरण

मंगलबार, २२ फागुन २०७४, १६ : १२ मा प्रकाशित

जिससद्वारा कामपालाई १२ करोड रकम हस्तान्तरण

अर्थ संसार, काठमाडौँ–काठमाडौँ जिल्ला समन्वय समितिले आव २०७३/७४ सम्मको काठमाडौँ महानगरपालिकालाई दिन बाँकी रहेको मालपोत र रजिष्टे«शनवापतको रु १२ करोड २१ लाख ६८ हजारको चेक हस्तान्तरण गरेको छ ।

आज यहाँ आयोजित चेक हस्तान्तरण कार्यक्रममा जिससका प्रमुख शिवसुन्दर राजवैद्यले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा कामपाका प्रमुख शाक्यले काठमाडौं उपत्यकाको विकासमा कामपाले मात्र केही गर्न नसक्ने भन्दै दिगो विकासका लागि एकीकृत विकासको अवधारणाका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कामपाको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले शहरलाई वातावरणमैत्री र सुन्दर बनाउनका लागि पनि जिसस र कामपाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । जिससका प्रमुख राजवैद्यले आफूहरुलाई पूर्णरुपमा काम गर्ने अधिकार नदिएको भन्दै गुनासो गर्नुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको