Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : ६ वटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

अर्थ संसार

मंगलबार, २० माघ २०८२, ०६ : ५२ मा प्रकाशित

आजको मौसम : ६ वटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । ६ वटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । 

गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको थोरै स्थान तथा कोसी, वाग्मती र लुम्बिनी प्रदेशका उच्च पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ बताएको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । 

तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपात÷वर्षाको सम्भावना छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको