Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सले किन राख्यो ६ लाख ५२ हजार कित्ता शेयर लिलामीमा ?

बुधबार, २३ फागुन २०७४, १० : ५५ मा प्रकाशित

रिलायन्स फाइनान्सले किन राख्यो ६ लाख ५२ हजार कित्ता शेयर लिलामीमा ?

अर्थ संसार, काठमाडौं– बजारमा शेयरको मूल्यमा लगातार गिरावट आएपछि रिलाइन्स फाइनान्सले आफ्नो शेयर बिक्रीका लागि लिलामीको सूचना निकाल्यो ।

फाइनान्सले  ६ लाख ५२ हजार ९४० कित्ता सेयर लिलामीमा राखेको छ । फाइनान्सको अवस्था कमजोर भएको र भित्र भित्रै आर्थिक समस्यामा परेको भन्ने सूचना सार्वजनिक भएपछि त्यसलाई सुधार्ने भन्दै लगानीकर्ताले बीचको बाटो निकाले र शेयर लिलामीका लागि आश्वान गरे ।

तर लिलामीका लागि आह्वान गरिएको शेयर समेत बिक्ने अवस्था रहेको छैन । लिलामीमा राखिएको मध्ये ५ लाख ४२ हजार ३१४ कित्ता संस्थापक सेयर रहेको छ भने १ लाख १० हजार ६२६ कित्ता साधारण सेयर छ ।

फाइनान्सको भित्री अवस्था विग्रेकोले संस्थापकहरु मध्ये धेरैले हकप्रद सेयर खरिदको लागि आवेदन नगरेको बताइएको छ । सुरुमा फाइनान्सले हकप्रद शेयर बिक्री गरेर समस्या समाधान गर्ने बाटो समातेको थियो । बजारमा शेयरको मूल्य प्रतिकित्ता रु १०० को हाराहारीमा पुगेको भन्दै संस्थापकले शेयर  नकिनेको हुनसक्ने जानकारहरुको भनाइ छ ।

यस फाइनान्सको सोमबार सेयर प्रतिकित्ता १२१ रुपैयाँमा कारोबार भएको छ । सामान्यतय साधारण सेयरको मूल्य भन्दा आधा मूल्यमा संस्थापक सेयर किनबेच हुने गरेको छ । तर रिलायन्स फाइनान्सको अवस्था नाजुक बनेको छ । नाजुक बनीरहेको कम्पनीको हकप्रदमा शेयरधनी नै आर्कषित नभएपछि उसले लिलामीको सूचना निकालेको हो ।

फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले उक्त सेयर लिलामीमा राखेको छ । फाइनान्सले गत मंसिरमा हकप्रद सेयर निष्काशन गरेकोमा आवेदन नपरेको सेयर लिलामीमा राखेको उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको