Like us!
Follow us!
Connect us!
Watch us!

बैतडी बस दुर्घटना - मृतक परिवारलाई १/१ लाख राहत दिने प्रदेश सरकारको निर्णय

अर्थ संसार

शुक्रबार, २३ माघ २०८२, १६ : ४१ मा प्रकाशित

बैतडी बस दुर्घटना - मृतक परिवारलाई १/१ लाख राहत दिने प्रदेश सरकारको निर्णय

बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहतस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णयसमेत गरिएको छ।

बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर बझाङ फर्किँदै गरेको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा, पाँच जनाको धनगढीको निसर्ग अस्पतालमा र चार जनाको बझाङकै देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको