अर्थ संसार, काठमाडौँ – आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपिओ)को बाँडफाड गरिएको छ । सि आश्वा लागू भएका कारण बिक्री बन्द भएको दुई दिनमा नै शेयर बाँडफाँड गरिएको हो ।
आज भाएको बाँडफाँडमा २७ हजार ४८ जनाले १० आइपिओ प्राप्त गरेका हुन् ।
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फागुन यही १५ गतेदेखि २१ गतेसम्म जारी गरेको आइपिओ २ दिनमै बाँडफाँट गरेको हो।
कम्पनीले जारी गरेको आइपिओमा १ लाख ८५ हजार ६ सय ५३ जनाले रु एक १ करोड १८ लाख ५५ हजार ७ सय १० कित्ता आवेदन दिएका थिए ।
कर्मचारीहरुको लागि ८ हजार ८ सय २० कित्ता, सामूहिक लगानी कोषको लागि १४ हजार ७ सय कित्ता छ्ट्याएर बाँकी रहेको २ लाख ७० हजार ४ सय ८० कित्ता शेयर २७ हजार ४८ जना सर्वसाधारणलाई गोलाप्रथाद्वारा १०÷१० कित्ता बाँडफाँट गरिएको हो । यसको सेयर विक्रता एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस