Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढयो शेयर बजार, लगानीकर्तामा विश्वास बढ्दै

बुधबार, २३ फागुन २०७४, १६ : ०१ मा प्रकाशित

दोहोरो अंकले बढयो शेयर बजार, लगानीकर्तामा विश्वास बढ्दै

अर्थ संसार, काठमाडौँ – लगातार घट्दै आएको शेयर बजारमा मंगलबार र बुधबार भने कमाल भएको छ ।

आज बजार बजार दोहोरो अंकको बृद्धि भएको छ । कारोबारको सुरुवातदेखि नै बढेको शेयर बजार कारोबार अन्त्यसम्म नै वृद्धि कायम हुँदा बजार दोहोरो अंकले उकालो लागेको हो ।

नेपाल स्टक एक्चेन्जकाअनुसार बुधबार शेयर बजार १८.६९ अंकले बढेर एक हजार ३१५ अंकमा पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.०३ अंकले बढेर २७९.४६ अंकमा पुगेको छ ।

बुधबार लगानीकर्ताको मनोबलमा देखिएको अस्थिरताले बजारमा  दिनभर उतारचढावपूर्ण देखिएको  थियो ।

नेप्से परिसूचकसंगै कारोबार रकम औसत देखिएको छ । कूल १५८ कम्पनीका १० लाख ४७ हजार कित्ता शेयर रु ४२ करोड ६८ लाख मा  कारोबार भयो । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ७८ लाख को कारोबार भयो ।

उत्पादनमुलक सूचक २.३९ अंकले घटेको छ भने बैंक १५.५५, व्यापार ३.०४, होटल २४.५६, बिकास बैंक १९.९१, जलाविद्युत ३०.७३, फाइनान्स ५.३३, बीमा १६१.४३, अन्य ३.०९ र लघुवित्त २५.६४ अंकले बढेको स्टकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको