Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रा कामले समाजमा आशा जगाएको छ - अख्तियार प्रमुख

अर्थ संसार

सोमबार, २६ माघ २०८२, १७ : ११ मा प्रकाशित

हाम्रा कामले समाजमा आशा जगाएको छ - अख्तियार प्रमुख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सरकारकै भएको बताएका छन्। आयोगको ३५औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पारे।

उनले सुशासन कायम गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको प्रभावकारी र चुस्त कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा अख्तियार अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संस्था मात्र भएको उल्लेख गर्दै उनले सुशासन प्रवर्द्धनमा सरकार, नागरिक समाज र सञ्चार क्षेत्रको भूमिका पनि उत्तिकै अपरिहार्य रहेको बताए।

अख्तियार ऐन, नियम र कानुन अनुसार भ्रष्टाचार नियन्त्रणमा निरन्तर क्रियाशील रहेको उनको भनाइ छ । भ्रष्टाचार नियन्त्रणको लागि जनशक्ति वृद्धि, कार्यशैलीमा परिवर्तन र प्रविधिको प्रयोग बढाइएको उनको भनाइ छ । भ्रष्टाचार नियन्त्रणका लागि अझ सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले पछिल्ला वर्षहरूमा आयोगप्रति जनविश्वास बढ्दै गएको पनि दाबी गरे ।

राईले भने,‘अहिले हामीले जुन हिसाबले काम गरिरहेका छौं, त्यसबाट समाजमा आशा जगाएको छ । हामी २०७७ सालको माघ २१ गते जुन अवस्थामा यहाँ हाजिर भइएको थियो र अहिले यहाँ आइपुग्दाखेरि विगतमा आयोगलाई हेर्ने दृष्टिकोण र अहिले हेर्ने दृष्टिकोण फरक छ। विगतमा आचोलना हुने गरेको थियो । अहिले आलोचना १०० प्रतिशतबाट घटेर २० प्रतिशतमा झरेको छ ।  पाँच वर्षे कार्यकालमा हामीले आयोगको स्तर बढाएका छौं । सुशासनको लागी हामी काम गर्दै आइरहेको छौं । ऐन, नियम, कानून अनुसार भ्रष्टाचार नियन्त्रणको काम गर्दै आएका छौं । हामीले जनशक्ति थप्यौं, काम गर्ने तरिकाहरू हामीले बदल्यौं, प्रविधिहरू पनि फेरि बढ्दै गएको छ । सोही अनुसार भ्रष्टाचारको प्रवृत्तिहरू पनि बढ्दै गएको छ । भ्रष्टाचारको अवस्था झन जटिल र कठिन बन्दै गएको छ । त्यसैले हामीले अझै सशक्त ढंगले बढ्नुपर्ने अवस्था देखिएको छ । हाम्रो मुख्य काम सुशासन कायम गर्नु नै हो ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको