अर्थ संसार, काठमाडौं–शेयर बजार मंगलबार र बुधबार थामिएको छ । अर्को शब्दमा भन्दा केही अंकले बढेको छ ।
तर बजारमा अझै पनि संशय कायम रहेको छ । बजार तरल छ । यसलाई अर्को शब्दमा भन्दा लगानीकर्ताको मनोविज्ञान साना साना कुराले पनि प्रभाव पार्दछ भन्ने देखिएको छ ।
अर्थमनत्री डा युवराज खतिवडाको भनाई भन्दै उनले बोल्दै नबोलेको कुरालाई बजारमा उचालिदा बजार नराम्ररी प्रभावित भएको थियो । मध्यम तथा साना लगानकिर्ताले झण्डै ६० अर्ब बराबरको घाटा व्योहोरेका थिए ।
मंगलबार र बुधबारको बढोत्तरीले लगानकिर्तालाई केही राहत दिएको भने पक्कै छ । तर यो राहत धेरै दिन टिक्ला कि पुनः बजार प्रभावित होला भन्ने आशंका पनि कायमै छ ।
बजारमा बोनस र हकप्रद शेयरको चर्को चाप रहेको छ । त्यसका कारण पनि लगानीकर्ता सहज रुपमा लगानीमा सक्रिय हुन सकेका छैनन् ।
बैंक तथा वित्तीय संस्थाले नै वचत खातामा आठ प्रतिशत व्याज दिन थालेपछि शेयरमा लगानी गर्नु भन्दा बैंकमा नै पैसा राख्नु उत्तम र उचित हुने भन्दै केही लगानीकर्ता त्यता पनि डोरिएका छन् । बजारमा सकारात्मक सन्देश प्रवाह गर्ने भन्दा पनि नकारात्मक धारणा प्रवाह गर्नेको जमात् बढी रहेको छ ।
शेयर बजार उत्पादक क्षेत्र हो कि अनुत्पादक भन्ने विवाद पनि कायमै रहेको छ । यस्तै बजारलार्य राजनीतिक विषयले पनि प्रभाव पार्ने गरेको छ ।
अर्थमनत्री डा युवराज खतिवडाको भनाइ भनिएर गरिएको प्रचार तथा विगतमा डा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा उनले दिएको अभिव्यक्तिका कारण पनि बजारमा नकारात्मक सन्देश स्थापित भएको थियो ।
साना तिना कुराले पनि प्रभावित हुने हाम्रो बजार कति कमजोर रहेछ भन्ने गुनासो पनि उत्तकै आउने गरेको छ । बजार सानो भएका कारणले पनि एकै छिनमा तरंगित हुने गरेको उदाहरण हाम्रा सामु रहेको छ ।
बजारलाई सङ्लो पार्ने भन्दा पनि धमिल्याउने प्रवृत्तिलाई ठेगान लगाउनु जरुरी छ । यस्तै बजारलाई सकारात्मक बनाउन राजनीतिक नेतृत्वले पनि विशेष ध्यान दिनु जरुरी छ । यस्तै लगानीकर्ताले पनि धैर्य र संयम राख्नु जरुरी छ ।
त्यसो भए मात्रै बजार सकारात्म्क दिशामा अगाडि जान सक्छ । मुख्य विषय सकारात्मक मनोविज्ञान सिर्जना गरेर नागरिकलाई सकारात्मक सन्देश दिन सके शेयर बजार उल्लेख्य रुपमा बढ्न सक्ने विश्लेषकहरुको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस