अर्थ संसार, काठमाडौं– शेयर बजारमा यस साताभर झण्डै १ अर्ब ८० करोड रुपैयाँ बराबर शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्ज १७१ कम्पनकिो कारोबार भएको छ ।
जसअनुसार २२ हजार ४३७ कारोबारबाट १ अर्ब ७९ करोड ४७ लाख ९३ हजार १ सय २० कित्ता शेयर खरिदविक्री भएका छन् ।
नेपाल स्टक एक्स्चेन्जमा साताभर भएको कारोबारमा नेप्से परिसूचक पहिलो दिनको तुलनमा १०.७० अंकले बढेर अन्तिम दिन १ हजार ३१५.१३ अंकमा पुगेको छ ।
साताको पहिलो २ दिन बजारमा गिरावट देखिए पनि सरकारले बजेटको मध्यावधि समिक्षापश्चात् सवेतापत्र जारी गर्दै शेयर बजारका बारेमा समेत सम्बोधन गर्ने समाचार सार्वजनिक भएपश्चात् भने बजारमा लगानीकर्ताको मनोबल बढेको छ ।
त्यसै गरी कारोबार र नेप्सेमा समेत बढोत्तरी भएको कारण समग्रमा साताभरको कारोबार सकारात्मक प्रभाव देखिएको हो । कारोबार रकम गत साताको भन्दा ८.६१ प्रतिशत कम हो ।
गत साता १७४ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १८ हजार ७५ कारोबारबाट १ अर्ब ६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरका ४५ लाख २६ हजार पाँच सय ५९ कित्ता शेयरहरु खरिद विक्री भएको थियो ।
क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनमा २.६६ अंकले बढेर २७९.४६ अंकले उक्लिएको छ ।
यो साता कारोबार रकम (११ करोड १८ लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो जीवन बीमा कम्पनीले शेयरधनीका लागि गत वर्षको आम्दानीबाट ४२ प्रतिशत बोनस शेयर तथा २८ .५३ प्रतिशत नगद लाभांश दिने निर्णय सार्वजनिक गरेपश्चात लगानीकर्ताको आकर्षण बढेको हो ।
त्यसै गरी कारोबार भएको शेयर संख्या २ लाख १ हजार कित्ताको आधारमा पनि सानिमा बै)क लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार संख्या ११०८ को आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्स्चेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
सातामा सर्वाधिक रकमको कारोबार भएका पाँच कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस