Like us!
Follow us!
Connect us!
Watch us!

ओरालो लाग्दै जलविद्युत कम्पनीको शेयर भाउ, कसको कति ?

आइतबार, २७ फागुन २०७४, ११ : ०९ मा प्रकाशित

ओरालो लाग्दै जलविद्युत कम्पनीको शेयर भाउ, कसको कति ?

अर्थ संसार,  काठमाडौं– नेपाल स्टक एक्चेन्जमा विभिन्न १७ जलविद्युत् कम्पनीको शेयर सूचीकृत छ । ती मध्ये चिलिमे जलविद्युत् कम्पनीको प्रतिकित्ता शेयरको मूल्य रु ८०२ रहेको छ ।

यस्तै बुटवल पावर कम्पनीको रु ५०० रहेको छ भने सानिमा माईको रु ३५५ मा कारोबार भइरहेको छ ।

स्टकमा सूचीकृत कम्पनी मध्ये युनाइटेड मोदी हाइड्रको शेयर प्रतिकित्ता रु १८८ मा कारोबार भइरहेको छ । यस्तै सिनर्जी पावरको रु १४६, सानिम माईको ३५५, रिडी रु १३८, ङादी रु २०९, नेपाल हाइड्रो डेभलपमेन्ट रु १९६, नेशनल हाइड्रो रु १०३, खानीखोला रु १३३ मा कारोबार भइरहेको छ ।

यस्तै , हिमालयन पावर पार्टनर रु ३१६, दिव्यश्वरी रु १२७, चिलिमे रु ८०२, छ्याङदी रु १६०, बुटवल पावर कम्पनी रु ५००, बरुण हाइड्रो रु १७७, अरुण भ्याली रु १७८, अरुण काबेली रु २६९ र अपि पावर कम्पनीको रु ३५४ मा काराबार भइरहेको छ ।

बजारमा आएको समस्याका कारण सबैभन्दा बढी मार जलविद्युत् क्षेत्र परेको छ । जसका कारण लगानीकर्ता निराश भएका छन् । सरकारको सकारात्मक पहलपछि जलविद्युत् कम्पनीका शेयर बढ्ने अपेक्षा गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको