Like us!
Follow us!
Connect us!
Watch us!

आठ कम्पनीको बोनस शेयर सूचिकृत, कुनको कति ?

आइतबार, २७ फागुन २०७४, १३ : १३ मा प्रकाशित

आठ कम्पनीको बोनस शेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज आठ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, स्वरोजगार लद्युवित्त वित्तीय संस्था लिमिटेड, लक्ष्मी लद्युवित्त वित्तीय संस्था लिमिटेड,  एक्सेल डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्था लिमिटेड, कैलाश विकास बैंक लिमिटेड, गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेड र चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर सचिकृत भएको हो ।

कुन कम्पनीको कति ?

ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्था

ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्था लिमिटेडको १ लाख १३ हजार बोनस शेयर आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।

कैलाश विकास बैंक

कैलाश विकास बैंक लिमिटेडको आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा बोन शेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार २२ लाख ९१ हजार ४८८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स

गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडको १० लाख ९१ हजार २४९.३१ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

वरुण हाइड्रोपावर

वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस सेयर आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सको अनुसार १ लाख २१ हजार  ५ सय कित्ता शेयर सूचिृकत भएको हो ।

स्वरोजगार लद्युवित्त वित्तीय संस्था

स्वरोजगार लद्युवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार १ लाख ७४ हजार ९९६.८० कित्ता शेयर सूचिकृत भएको हो ।

लक्ष्मी लद्युवित्त वित्तीय संस्था

लक्ष्मी लद्युवित्त वित्तीय संस्था लिमिटेडको २ लाख २० हजार कित्ता बोनस शेयर नेपाल स्कटक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।

एक्सेल डेभलपमेन्ट बैंक

आज नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार ११ लाख५८ हजार ३ सय ३.२५ कित्ता शेयर सूचिकृत भएको हो ।

चिलिमे हाइड्रोपावर

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस शेयर आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेका अनुसार ५१ लाख ७१ हजार ८ सय ८६.७२ कित्ता शेयर सूचिकृत भएको हो ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको