Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले घट्यो शेयर बजार

आइतबार, २७ फागुन २०७४, १६ : १५ मा प्रकाशित

दोहोरो अंकले घट्यो शेयर बजार


अर्थ संसार, काठमाडौं– शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ ।आइतबार सामान्य अंकले वृद्धि भएको नेप्से आज भने दोहोरो अंकले घटेर एक हजार २८४ दशमलव ९ बिन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से आज ३१ दशमलव ४ बिन्दुले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६ दशमलव ४ बिन्दुले ओरालो लागेर २७३ दशमलव ६ बिन्दुमा पुगेको छ ।

आज सबै उपसमूहका शेयर ओरालो लाग्दा बजार प्रभावित भएको हो । स्टकका अनुसार बैंकिङ २३ दशमलव १५, होटल ६३ दशमलव ५२, विकास बैंक २५ दशमलव ५२, जलविद्युत् ६४ दशमलव ६५, फाइनान्स ८ दशमलव ६८, बीमा २४३ दशमलव १८, उत्पादन ५२ दशमलव १७, अन्य १० दशमलव ७५ र माइक्रोफाइनान्स ४५ दशमलव ५२ अंकले ओरालो लागेका हुन् ।

आज कूल १६० कम्पनीको सात लाख ६३ हजार ५९१ कित्ता शेयर रु ३२ करोड ५१ लाख नौ हजार मूल्यमा कारोबार भएको हो ।  घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5aa5077e4cf50.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको