Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिन ३ हजार बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, ११ : ३३ मा प्रकाशित

एकै दिन ३ हजार बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो । फागुन २२ गते सुनको मूल्य ३ लाख १३ हजार ४०० रुपैयाँ रहेको थियो । 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ५ हजार ४७५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार ४४५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको