Like us!
Follow us!
Connect us!
Watch us!

भोलि देखि आधा सिलिन्डर ग्यास बिक्रि हुने

अर्थ संसार

विहीबार, २८ फागुन २०८२, १९ : ५० मा प्रकाशित

भोलि देखि आधा सिलिन्डर ग्यास बिक्रि हुने

बजारमा खाना बनाउने ग्यासको माग अस्वाभाविक रूपमा बढेपछि भोलिदेखि बजारमा आधा सिलिन्डर भरेको ग्यास पाइने भएको छ। नेपाल आयल निगमले २९ फागुन २०८२ (भोलि) देखि अर्को निर्णय नभएसम्म सिलिन्डरमा ७.१ केजी ग्यास भरेर आधा मूल्यमा बिक्री वितरण गर्ने निर्णय गरेको हो। बजारमा ग्यास अभाव भएको गुनासो आएपछि निगमले अस्थायी व्यवस्था लागु गरेको हो।

निगमका अनुसार नियमित रूपमा मागअनुसार ग्यास आयात र वितरण भइरहे पनि पछिल्ला दुई/तीन महिनादेखि ग्यासको माग असामान्य रूपमा बढेको छ। निगमले आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अस्थायी रूपमा ७.१ केजी ग्यास भरेर प्रतिसिलिन्डर ९५५ रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको हो। साथै उपभोक्तालाई अनावश्यक रुपमा ग्यास भण्डारण नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्न निगमले विज्ञप्तिमार्फत आग्रह गरेको छ।

 

69b2cb086238e.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको