Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि आधा सिलिन्डर ग्यास‚ ९५५ रुपैयाँ पर्ने

अर्थ संसार

शुक्रबार, २९ फागुन २०८२, ०८ : ३१ मा प्रकाशित

आजदेखि आधा सिलिन्डर ग्यास‚ ९५५ रुपैयाँ पर्ने

बजारमा खाना बनाउने ग्यासको माग अस्वाभाविक रूपमा बढेपछि आज (शुक्रबार) देखि उपभोक्ताले आधा सिलिन्डर भरेको ग्यास पाउनेछन्। नेपाल आयल निगमले २९ फागुन (आज) देखि अर्को निर्णय नभएसम्म सिलिन्डरमा ७.१ केजी ग्यास भरेर आधा मूल्यमा बिक्री-वितरण गर्ने निर्णय गरेको हो। बजारमा ग्यास अभाव भएको गुनासो आएपछि निगमले अस्थायी व्यवस्था लागु गरेको हो।

नियमित रूपमा मागअनुसार ग्यास आयात र वितरण भइरहे पनि पछिल्ला दुई/तीन महिनादेखि ग्यासको माग असामान्य रूपमा बढेको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको छ। नेपाललाई ग्यास आपूर्ति गर्ने भारतमा समेत उपभोक्ताले ग्यास पाउन समस्या देखिन थालेको विषय सञ्चारमाध्यममा आएको छ। यो थाहा पाएर नेपाली उपभोक्ताले पनि आवश्यकताभन्दा बढी ग्यास किनेर भण्डारण गर्ने प्रवृत्ति बढेको निगमको भनाइ छ।

निगमले आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अस्थायी रूपमा ७.१ केजी ग्यास भरेर प्रतिसिलिन्डर ९५५ रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको हो। साथै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्न निगमले विज्ञप्तिमार्फत आग्रह गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको