Like us!
Follow us!
Connect us!
Watch us!

विक्रेतालाई बाँडिएको ग्यासको विवरण १० बजेभित्रै जानकारी गराउन निगमकाे निर्देशन

अर्थ संसार

शनिबार, ३० फागुन २०८२, २० : २६ मा प्रकाशित

विक्रेतालाई बाँडिएको ग्यासको विवरण १० बजेभित्रै जानकारी गराउन निगमकाे निर्देशन

नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक गर्न निर्देशन दिएको छ । निगमद्वारा जारी विज्ञप्ति अनुसार हरेक उद्योगले कुन विक्रेतालाई कति परिमाणमा ग्यास पठाइएको हो, त्यसको विवरणका साथै विक्रेताको ठेगाना र सम्पर्क नम्बरसमेत खुलाई तोकिएको समयसीमा भित्रै सार्वजनिक गरी निगमलाई जानकारी गराउनुपर्नेछ ।

हाल मध्यपूर्वमा भइरहेको युद्धका कारण अन्तर्राष्ट्रियस्तरमै पेट्रोलियम पदार्थको आपूर्तिमा चुनौती थपिएको अवस्थामा आन्तरिक बजारलाई व्यवस्थित बनाउन यो समयसीमा तोकिएको हो । यसका साथै, विक्रेताले पनि उपभोक्तालाई बिक्री गरेको ग्यासको रेकर्डमा नाम, सम्पर्क नम्बर र परिमाण स्पष्ट उल्लेख गरी सम्बन्धित उद्योगमार्फत दैनिक रूपमा निगमलाई रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आम उपभोक्ताको मागलाई सम्बोधन गर्न निगमले हाल आधा सिलिन्डरर अर्थात् ७.१ केजी ग्यास ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरिसकेको छ । बिहान १० बजेभित्रै सबै विवरण सार्वजनिक हुनुपर्ने छ । यस अनिवार्य नियमले ग्यास वितरण प्रणालीमा पारदर्शिता ल्याउने र उपभोक्ताले सहजै ग्यास प्राप्त गर्न सक्ने विश्वास निगमले लिएको छ ।

 

69b574d909255.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको