Like us!
Follow us!
Connect us!
Watch us!

कार्की आयोगको प्रतिवेदन खै ? भन्दै माईतीघरमा युवाहरूको प्रदर्शन

अर्थ संसार

सोमबार, ०२ चैत्र २०८२, १३ : ५७ मा प्रकाशित

कार्की आयोगको प्रतिवेदन खै ? भन्दै माईतीघरमा युवाहरूको प्रदर्शन

काठमाडौंको माईतीघर मण्डलामा सोमबार युवाहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनको छानबिन गर्न गठन भएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’ र ‘जेनजीको आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। उनीहरू सरकारद्वारा गठन गरिएको आयोगले प्रतिवेदन सार्वजनिक नगरेकोमा असन्तुष्टि व्यक्त गर्दै तथ्य बाहिर ल्याउन दबाब दिएका छन्।

सांकेतिक रूपमा, केही युवाहरूले आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए। उनीहरूले भने, पारदर्शिता कायम गर्न र घटनाको वास्तविकता आम नागरिकसम्म पुर्‍याउन यस्तो कदम आवश्यक भएको हो।

भदौ २३ र २४ मा ‘जेनजी’ समूहले विभिन्न माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडपको अवस्था सिर्जना भएको थियो। त्यसपछि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

हालसम्म आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि सार्वजनिक नगर्दा आम नागरिक र प्रदर्शनमा सहभागी युवाहरूबीच असन्तुष्टि बढ्दै गएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको