Like us!
Follow us!
Connect us!
Watch us!

सांसद बन्नेभएपछि लिमा अधिकारीले दिइन् निफ्राबाट राजीनामा

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, १३ : ३७ मा प्रकाशित

सांसद बन्नेभएपछि लिमा अधिकारीले दिइन् निफ्राबाट राजीनामा

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लिमा अधिकारीले राजीनामा दिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुने भएपछि अधिकारीले सोमबार निफ्राबाट बिदा लिएकी हुन् । 

अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्ष हुन् । साढे चार वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी उनी पछिल्लोपटक गत २३ मंसिरमा सातौँ वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको