रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ । न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेश गर्न आदेश दिएको हो ।
गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् । तर, दुई दिनपछि २ माघमा भने लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।
यद्यपि, सर्वोच्चमा ३० पुसको मात्रै निर्णय पेश भएको भेटियो । त्यसपछि न्यायाधीशद्वयले २ माघमा भएको निर्णय झिकाएर पेश गर्न आदेश दिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस