कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकास्थित बरगदा गाउँमा शनिबार बिहान मुस्लिम समुदायका केही युवाले काली मन्दिरमा रहेको भजन बज्ने साउण्ड सिस्टम तोडफोड गरेका छन्। यस घटनापछि विवाद चर्कँदै गएर उग्र रुप लिएको छ ।
हिन्दू समुदायका युवाहरूले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन सुरु गरेका थिए । प्रहरीले प्रदर्शन नियन्त्रण गर्न खोज्दा गोली चल्दा ४ जना घाइते भएका छन् । घाइतेमध्ये २३ वर्षीय अरुण यादवको पेटमा गोली लागेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइते अरुण यादवलाई थप उपचारका लागि भैरहवाबाट चितवन लगिएको छ भने बाँकी तीन जनाको उपचार भैरहवास्थित मेडिकल कलेजमा भइरहेको छ । प्रदर्शनका क्रममा ७० वर्षीय काशी रैदासको टाउकोमा चोट लागेको छ, तर उनको अवस्था सामान्य छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस